• १६ भदौ २०८१, आइतबार

कांग्रेसद्वारा विमानका यात्रुहरुप्रति श्रद्धाञ्जलि अर्पण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । नेपाली कांग्रेसले आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित यात्रुहरुको निधन भएको घटनाप्रति दुःख प्रकट गरेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा सो दुर्घटना भएको थियो । 

कांग्रेसले यस दुर्घटनामा जीवन गुमाउनु हुने विमानचालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अबलम्बन गर्न पनि नेपाल सरकारसँग काँग्रेस माग गर्दछ ।’’

यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाबारे सत्यतथ्य छानविनका लागि एक टोली बनाई अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।