• ११ असोज २०८१, शुक्रबार

विमानमा सवार २२ जनाकै निधन : १० जनाको शव काठमाडौंं ल्याइँदै

blog

तस्विरः सशस्त्र प्रहरी, कास्की

रमेश पौडेल

पोखरा, जेठ १६ गते । आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ । 

उद्धार कार्यको नेतृत्व गर्दै आउनुभएका नेपाली सेनाका उपरथि बाबुराम श्रेष्ठका अनुसार, घटनास्थलबाट २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शव खोज्ने कार्य जारी रहेको बताइएको छ । उहाँले अब कोही जीवित फेला पर्ने सम्भावना नभएको बताउनुभयो । 

प्राप्त शवमध्ये १० जनाको शव पोखरा ल्याइसकेको छ । त्यहाँबाट काठमाडौं लग्ने तयारी छ । पोखरामा भारी वर्षाका कारण केही ढिलाइ भएको श्रेष्ठले बताउनुभयो । ११ जनाको शव भने मुस्ताङ जिल्लाको पासाङ गाउँपालिका वडा २ को कोबाङमा राखिएको छ । त्यहाँबाट मङ्गलबार मात्रै ल्याइने भएको छ । 

थापाको परिवार काठमाडौं प्रस्थान

यसैबीच, एयरहोस्टेज क्रिस्मी थापाको परिवार काठमाडौं प्रस्थान गरेको छ । सडक मार्गबाट जाने तयारी भएपनि तारा एयरको आग्रहमा थापाका परिवारका छजना सदस्य काठमाडौं प्रस्थान गर्नुभएको छ । 

स्वर्गीय थापाको घर स्याङ्जाको चापाकोट नगरपालिका वडा ४ म्याङकोट हो । सो वडाका अध्यक्ष अर्जुन खाण, आमा विष्णु विक, भाइ, हजुरआमासहितको टोली काठमाडौं गएको छ ।


यसैबीच जहाज खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिनबहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगी उद्वार कार्यमा जुटिरहेको छ ।