दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यावसायी निराश छन् ।
ललितपुरमा आयोजित १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक व्यापार मेलामा ८१ लाखको कारोबार भएको छ ।
कामना सेवा फुटसल कपको दोस्रो संस्करण कात्तिक २५ र २६ गते आयोजना हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा हुने फुटसल प्रतियोगितामा २० वटा बैंक तथा वित्तिय संस्थाको सहभागिता रहने छ ।
अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका सचिव डा.रोशन पोखरेलले नेपाल पोलियोमुक्त भए पनि पोलियोको खतराबाट मुक्त भइनसकेको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।
शीर्षटोली आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीको आराधना गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।
उपभोत्ता ठगेको आरोपमा एक होटललाई जिल्ला प्रशासन कार्यालय तनहुँले दुई लाख रुपियाँको दरले जारिवाना गरेको छ । जरिवानामा पर्नेम व्यास नगरपालिका– १२ को कल्चर भिलेज रिसोर्ट र भानु नगरपालिका ९ को द ग्रिनपार्क हाइवे रेष्टुरेन्ट रहेको छ ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सोमबार बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई ४–० गोलले हरायो ।
तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।
बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरु खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरु भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ ।
समानुपातिकतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा रहेको आयोगले जनाएको छ ।