संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ ।
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।
प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक ।
नेपाल संवत् ११४३ न्हुदँका सुरुवातको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहनेभएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।
बुटवललाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकार टेक मास्की रानाको बुधवार विहान निधन भएको छ । नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य समेत रहेका पत्रकार रानालाई एक महिना अघि डेंगु संक्रमण भएको थियो ।
तिहार बिदामा पनि नेपाल आयल निगमले देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाएको बताएको छ ।
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मङ्गलबार दिउँसो डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।
बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।