बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन।”उहाँले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाउनुभयो। “प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ। पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवर्द्धनका निम्ति सबै लाग्नुपर्छ”, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो। गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उहाँले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्त्व रहेको बताउनुभयो। उहाँले जनताको सुख दुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ।”कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दाबी गर्नुभयो। कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्न कांग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेको बताउनुभयो।प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधानको रक्षाका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले मिडियासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले व्यावसायिक पत्रकारिताको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन सम्पूर्ण प्रजातन्त्रवादी पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। रासस
राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो ।
काठमाडौं, कात्तिक ७ गते। दीपावली गर्ने क्रममा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा अहिले साँझ आगलागी भएको हो। दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको हो।
गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताउनुभएको छ।
राधा लुइँटेलफिदिम, कात्तिक ७ गते। पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ। मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते हुनुभएको छ। सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।
नेपालको शिक्षा व्यावहारिक हुन नसकेको सर्वत्र गुनासो भइरहेका बेला पाल्पाको एक विद्यालयले विद्यालयमा पढेको विषय व्यवहारमा लागू गर्न सकिनेगरी व्यवस्थापन गरेको छ ।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघाका लागि आकर्षक र रमणीय गन्तव्यका रुपमा स्थापित भएको छ ।
काठमाडौं, कात्तिक ७ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गठित उपसमितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।यसअघि कर्माछिरिङ शेर्पाको संयोजकत्वमा कांग्रेसको निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमिति गठन भएको थियो।
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तशुल्कमा ल्याएको नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ ।
नेपालकै सबै भन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ धापबाट सुरु भएको तीन सय १० किलोमिटर लामो १५ दिने ट्रेलमा ३९ जना विदेशी र चार जना नेपाली धावक सहभागी भएका छन् ।
निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्नेछ ।
दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यावसायी निराश छन् ।