विद्युत् समस्या भोगिरहेका बेला अस्पताललाई इन्धन सहयोग गरिएको छ । आवश्यकताका आधारमा जेनेरेटरबाट अस्पतालले आफ्नो सेवा सुचारु गरोस् भनेर सहयोगी निकायबाट इन्धन सहयोग गरिएको हो ।
गुल्मीका ग्रामीण क्षेत्रका कृषक आलुखेती गर्न निकै व्यस्त छन् । जिल्लाको मुसिकोट नगरपालिकाका महिला कृषक समुहमा आबद्ध भएर आलु खेती गर्न उहाँहरु व्यस्त हुनुभएको हो ।
राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हूदँ यहाँस्थिति विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ । कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।
पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी राजमार्ग सञ्चालनमा आएको छ । लामो समय सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयबासीलाई दशैको समयमा दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार ५०२ कलमध्ये एक हजार १९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ ।
ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैची टिप्न र थन्क्याउने चटारो भएको हो ।
निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल सम्वत ११४३ मुल आयोजक समितिद्वारा नगरपरिक्रम गरेर नयाँ वर्ष धुमधामका साथ मनाइएको हो ।
नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या समाधान नगरेकाले निर्वाचन पछि पुनः एमाले नेतृत्वमा सरकार बन्ने पौडेलले दावी गर्नुभयो ।
उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ ।