• २० असोज २०८१, आइतबार

कल सेन्टरमा आएका अधिकांश जिज्ञासाहरूको सम्बोधन

blog

तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक ९ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर (११०२) मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको निर्वाचन आयोगले जनाएको छ ।

गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार ५०२ कलमध्ये एक हजार १९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ । सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए ।