• १३ साउन २०८१, आइतबार

१३ वटा डिपोबाट पेट्रोलियम पदार्थ बिक्री

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक  ९ गते । तिहार बिदामा पनि नेपाल आयल निगमले  देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाएको बताएको छ । सार्वजनिक बिदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरूबाट पेट्रोल पम्पहरूलाई इन्धन बिक्रीको व्यवस्था गरिएको निगमले बताएको हो  ।

एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेस प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट , गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।