• २० असोज २०८१, आइतबार

पत्रकार रानाको निधन

blog

छविलाल पाण्डे  

बुटवल, कात्तिक ९ गते । बुटवललाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकार टेक मास्की रानाकाे बुधवार बिहान निधन भएको छ । नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेश सदस्यसमेत रहेका पत्रकार रानालाई एक महिना अघि डेंगु सङ्क्रमण भएको थियो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका रानामा मृगौलाको समस्यासँगै जण्डिससमेत देखिएको अस्पतालका चिकित्सकले बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सभापति रामराज पोखरेलका अनुसार स्याङ्जा स्थायी घर भएका रानाको बुटवलमा उपचारका क्रममा निधन भएको हो । रानाको उपचारमा महासङ्घले सहयोग गर्दैआएको थियो । 

राना नेपाल पत्रकार महासङ्घ रुपन्देहीको पूर्व कार्यसमिति सदस्य र रेडियो जागरण बुटवलको समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँकी श्रीमतीको दुई वर्षअघि मात्र निधन भएको थियो । उहाँका एक छोरा दुई छोरी छन् ।