प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई उत्सवको रूपमा लिन सबै मतदातासँग अपिल गर्नुभएको छ ।
कलिङ साहित्य महोत्सवले १५ लेखकलाई ‘यशस्वी बुक अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ। ‘काठमाडौँ कलिङ लिट्रेचर फेस्टिभल’ले आगामी सेप्टेम्बरमा वार्षिक काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने र सोही अवसरमा अवार्ड प्रदान गर्ने भएको छ। तीन दिनसम्म आयोजना हुने सो महोत्वसमा लेखकहरूले वार्ता कार्यशाला, बहस, छलफल, प्रत्यक्ष वार्तामा विभिन्न सत्रहरूको आयोजना गर्ने जनाइएको छ। कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक महोत्सवहरूमध्ये एक हो। यस वर्षदेखि कलिङ साहित्य महोत्सवले ‘काठमाडौँमा कलिङ साहित्य महोत्सव’ सुरु गरेको हो।
कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा कलाकार दौडधुपमा व्यस्त हुनुहुन्छ। गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी हुनुभएको छ। उहाँ प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहनुभएको छ।
हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय निर्वाचनका बेला महोत्तरी एकडारा–२ का १९ वर्षीय मनोज पासवान एकडारा–सम्सी सडकखण्डमा निर्मित ढलमा लडेर घाइते हुनुभयो । परिवारजनले तत्कालै उहाँलाई जलेश्वर अस्पताल लगे । “जलेश्वर अस्पतालमा चिकित्सकले एक्स–रे गराउन लगाए तर समस्या पहिचान नभएपछि बुवाले भारतको सीतामढी लग्नुभयो,” पासवानले भन्नुभयो । तिघ्राको हाड भाँचिएको पहिचानपछि उहाँ छ महिनामा चार पटक सीतामढी पुग्नुप¥यो । बिस्तारै हिँड्नसक्ने अवस्थामा पुगेको बताउँदै पासवानले जिल्ला अस्पतालमा आफ्नो समस्याको पहिचानसमेत हुन नसकेकोमा खिन्न भएको सुनाउनुभयो ।
गुल्मीको इस्मा गाउँपालिका–४ मा अवस्थित कालमुढा भूगोलले विकट गाउँ हो । अग्लो डाँडाको काखमा लहरै ३० घरपरिवार भन्दा बढी जनजाति समुदायको बस्ती छ ।
विश्वको जनसङ्ख्या निरन्तर बढ्दो छ। पृथ्वीमा उपलब्ध साधन र स्रोत तीव्र दोहन गर्ने क्रम रोकिएको छैन। खासगरी औद्योगिक क्रान्तियता पृथ्वीमा उपलब्ध प्राकृतिक साधन र स्रोतमाथि सीमित मानिसको वर्चस्व बढ्यो। दोहन बढ्यो र बढिरहेको छ भने ती साधन र स्रोत उपभोग गर्ने मानिसको सङ्ख्यामा विराम लागेको छैन। विश्व जनसङ्ख्या बढिरहेकै छ। त्यसक्रममा विश्वको जनसङ्ख्या नोभेम्बर १५ (कात्तिक २९ गते ) अर्थात् मङ्गलबार आठ अर्ब पुगेको छ। गएको असार महिनामा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले यही कात्तिक २९ गते विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरेको थियो। सोहीअनुरूप मङ्गलबारदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएसँगै यो क्षेत्रमा गम्भीर चिन्तन जरुरी भएको छ।
नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको आवधिक निर्वाचन हुँदैछ। नेपाल सरकारले संवत् २०७९ साल मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ। तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवाश्यक हुन्छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ। गत स्थानीय
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। सबैजनाको चासो यही निर्वाचनतर्फ नै छ। चुनावमा आफूले रोजेको उम्मेदवारले जित्छ छ कि जित्दैन भन्नेतर्फ आममतदाताको चासो छ। प्रतिनिधि सभाको निर्वाचन अनि यसको कामकारबाही बारे प्रायजसो सबै मतदाता नै अभ्यस्त छन्।
पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
निर्वाचन नै नेताको लोकप्रियता बढेको वा घटेको देखाउने कसी हो। निर्वाचनमार्फत अभिव्यक्त हुने जनमतले नेतालाई सचेत गराउँछ र सुधारिने मौका दिन्छ। देश र जनताका लागि राम्रो काम गरे जनताले पत्याउँछन् नत्र पत्याउँदैनन्। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै निर्वाचनमार्फत प्राप्त हुने जनमत हो। निर्वाचन खर्चिलो भए पनि जनमत नाप्न योभन्दा भरपर्दो विकल्प छैन।
राजनीतिक दल वा उम्मेदवारले चुनावी घोषणापत्र, सामाजिक सञ्जाल, टीभी टक सो वा सभा ¥यालीहरूमा आफूलाई मतदान गरेमा कुनै वर्ग विशेष वा क्षेत्रविशेष वा जाति विशेषलाई मात्र राज्यकोष वा अन्य स्रोतबाट सित्तैमा बिजुली, पानी वा अन्य उपहार बाँड्ने आश्वासन दिनुलाई फ्रिबाइज भनिन्छ । चुनाव जित्नका लागि चुनावको अघि वा पछि राज्यकोषबाट सित्तैमा बाँड्नु पनि फ्रिबाइज हो । मतदानको दिन वा त्यसको केही दिन अघिदेखि भोजभतेर गर्ने, मतदानको दिन हुलका हुल मतदातालाई सवारीसाधनमा राखेर मतकेन्द्रसम्म लैजानेजस्ता मतदातालाई प्रभावित गर्ने कार्यले पनि निर्वाचनको स्वच्छता र स्वतन्त्रतालाई प्रभावित पार्छ । पिछडिएको वर्ग, जाति वा क्षेत्र विशेषलाई लक्षित गरी उत्थान र कल्याणका राष्ट्रिय नीति र कार्यक्रमहरू घोषणा र कार्यान्वयन राज्यले जुनसुकै समय र अवसरमा गर्न सक्छ तर यस्ता कुराहरू चुनावताका भोट राजनीतिका लागि गरिएमा त्यो फ्रिबाइज हुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अङ्गदान को घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रिअस, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गर्नुभएको छ ।
बारा जिल्लामा यस वर्ष ५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन भएको छ। भदैया धान वैशाख, जेठ, असारमा रोपेर असार, साउन, भदौमा थन्क्याइन्छ। छिटो रोपिने र छिट्टै पाक्ने (९० दिनमा) भएकाले किसानले त्यसपछि अरू बाली धान (बासमती), मकै, तरकारी लगाउँछन्। यस जिल्लामा किसानले ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान खेती गरेको र प्रतिहेक्टर ४.३ मेट्रिक टनले उक्त परिमाणमा भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।
सुदूरपश्चिमबाट प्रतिनिधि सभाका (१६) र प्रदेश सभाका (३२) गरेर ४८ प्रत्यक्ष क्षेत्रमा मुख्य दलहरूले निक्कै कम नयाँ अनुहारलाई मात्र टिकट दिएको छन् । त्यस क्रममा एमालेले बझाङबाट प्रतिनिधि सभा सदस्यमा ऐनबहादुर महरलाई उठाएको छ । उहाँ अनेरास्वयियूको केन्द्रीय अध्यक्ष भइसक्नु भएको छ ।