प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ ।
पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो। यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले खेलको ८३ औं मिनेटमा गोल गर्नुभएको छ।
संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु आइपुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा टोली बुधबार कपिलवस्तु पुगेको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया र कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयमा आज नमुना मतदान सम्पन्न भएको छ ।
निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउनुभएको छ ।
काठमाडौं, कात्तिक ३० गते। नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा जारी छ। बुधबार साँझ ५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभएको थियो। नेपालले केही राम्रो प्रयास गरे पनि गोल गर्न नसकेको हो। घरेलु मैदानमा भएको खेलमा नेपाललाई दर्शककोसमेत साथ रहेको छ।नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।
गृहमन्त्री बालकृष्ण खाणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिनसक्ने सहरको रुपमा स्थापित गर्ने बताउनुभएको छ । त्यसका लागि आफू ३० वर्षदेखि काम गर्दैआएको उहाँको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्थायित्व र विकासका लागि गठबन्धनको जित अनिवार्य भएको बताउनुभएको छ।
राज्यबाट भन्सार छुटमा लिएका एम्बुलेन्स, सहकारी र अस्पतालको अभिलेखमा मात्र सीमित भएको पाइएको छ ।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा सुरु भएको छ । बुधबार साँझ ५ बजे खेल सुरु भएको हो ।
काठमाडौं उपत्यकामा मङ्सिर १ गतेबाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सो निर्णय गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन विकास र आर्थिक क्रान्तिको लागि भएको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ६२० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो ।