• १३ असोज २०८१, आइतबार

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल : पाकिस्तानविरुद्ध गोल गरेपछि अञ्जन विष्ट

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक ३० गते । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले खेलको ८३ औँ मिनेटमा गोल गर्नुभएको छ।

दशरथ रङ्गशालामाबुधबार साँझ ५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा अञ्जनले शानदार गोल गर्नुभएको हो। गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गरेपछि उहाँले पहेँलो कार्ड पाउनुभएको छ। 

नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।