कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका-४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।
प्रतिनिधिसभा चितवन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । बुधबार विहान भरतपुर महानगरपालिका –१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागी हुँदैगर्दा तीन वटा मोटरसाइकलमा आएका युवाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा ढुङ्गा प्रहार भएपछि अगाडिको शिशामा सामान्य क्षति भएको छ ।
कैलाली क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार समाजवादीका अमरबहादुर साउदलाई यस पटक स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । साउदलाई सहज जित निकाल्न गाह्रो हुने आङ्कलन गरिएको छ ।
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख कटान गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् । मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र सङ्गठन विस्तारले उम्मेदवारहरूलाई प्रोत्साहन मिलेको हो ।
सवारी साधनको चाप धेरै भएका समयमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै दुई जना नगर प्रहरी खटाउन थालिएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई हेलिकोप्टरबाट दुई दिन लगाएर ओसार्ने कार्य पुरा भएको छ ।
इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताउनुभएको छ ।
आसन्न संसदीय निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी र नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहोनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुनुहुन्छ । लोहनी नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ हिँडन थालेका छन् । सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधवार देखि निर्वाचन सामग्री बुझेर हिँड्न थालेका हुन ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले दिन रात मतदाता भेट्न घरदैलो अभियानमा ब्यस्त छन् ।