• १३ असोज २०८१, आइतबार

नेता श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार

blog

शालिग्राम नेपाल

चितवन, कात्तिक ३० गते । प्रतिनिधिसभा चितवन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । बुधबार  बिहान भरतपुर महानगरपालिका –१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागी हुँदैगर्दा तीन वटा मोटरसाइकलमा आएका युवाले  ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । बा ३ च २०५० नम्बरको हरियो रङको गाडीमा ढुङ्गा प्रहार भएपछि अगाडिको सिसामा सामान्य क्षति भएको छ ।

ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । उम्मेदवार श्रेष्ठ बिहानदेखि भरतपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको थियो । यस अगाडि यही निर्वाचन क्षेत्रको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीमा पनि तोडफोड भएको थियो ।