• २९ वैशाख २०८२, सोमबार

टुसाल र च्यासलको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख २८ गते । टुसाल युवा र च्यासल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा रेलिगेसनबाट जोगिने प्रयास गरिरहेको टुसालले च्यासललाई १–१ गोलको बराबरीमा रोकेको हो । ११औँ चरणको खेलमा च्यासलका लागि अनिल बोम्जन लामाले ३०औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो ।

टुसालका लागि प्रदीप सुनारले खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काउनुभयो । बराबरीसँगै टुसालले ११ अङ्क बनाएको छ । १५ अङ्क बनाएको च्यासल पाँचौँ स्थानमा छ ।