• २९ वैशाख २०८२, सोमबार

पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्स च्याम्पियन

blog

काठमाडौँ, वैशाख २८ गते । एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ । 

ई स्पोर्ट्स सङ्घ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाइल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो । 

तीन दिनसम्म अनलाइनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रर्दशन गर्दै पाकिस्तान च्याम्पियन बन्यो । पाकिस्तान १५ खेलमा चार पटक चिकेन डिनर जित्दै एक सय ७३ अङ्कको साथ शीर्ष स्थान हासिल गरेको हो । 

इन्डोनेसियालाई मात्र चार अङ्कले पछि पार्दै पाकिस्तानले उपाधिमाथि कब्जा जमाएको हो । इन्डोनेसियाले १५ खेलमा तीन पटक चिकेन डिनर जित्दै एक सय ६९ अङ्कसहित दोस्रो स्थान कब्जा गरेको छ ।

नेपाल निलो टिमले चार चिकेट डिनर सहित एक सय ५४ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ । नेपाल राताले एक सय १८ अङ्कसहित चौथौ र मलेसिया एक सय १२ अङ्कसहित पाँचौँ स्थानमा चित्त बुझायो । 

छैटौं स्थानको जोर्डनले ९० अङ्क बनायो । प्रतियोगितामा पाकिस्तानका फाल्का सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उपाधिसहित पाकिस्तानले चार लाख रुपियाँ पुरस्कार पायो ।

दोस्रो भइको इन्डोनेसियाले दुई लाख, तेस्रो स्थानको नेपाल निलोले एक लाख ५० हजार, चौथो भएको नेपाल रातोले एक लाख, पाँचौँ र छौटौँ स्थानमा आएको मलेसिया र जोर्डनले समान ५० हजार रुपियाँ पुरस्कार पायो ।

सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपियाँ  प्राप्त गर्नुभयो । प्रतियोगितामा नेपालसहित १४ देशका खेलाडीले भाग लिएका थिए ।