• १३ असोज २०८१, आइतबार

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु

सवारी चाप हुने समयमा ट्राफिक प्रहरीसँग नगर प्रहरी

blog

काठमाडौं महानगर प्रहरी । फाइल तस्बिर

काठमाडौं, कात्तिक ३० गते । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समयमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै दुई जना नगर प्रहरी खटाउन थालिएको हो ।

बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगन्ज, कालीमाटी र कलङ्कीलगायत स्थानमा महानगर जनशक्ति परिचालन गरेको नगर प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।