• १३ असोज २०८१, आइतबार

तस्बिरमा उद्धारका कार्य : एकैपटक उद्धार गर्नुपर्दा हम्मेहम्मे

blog

उद्धार कार्यमा सक्रिय नेपाल सेना । तस्बिर : नेपाल सेनाको फेसबुक

काठमाडौँ, असोज  १२  गते । देशव्यापीरूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण धेरैजनाको ज्यान गएको छ । यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । 

बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेको छ ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकैपटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । 

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय सक्रियताका साथ लागेको पाइयो । अविरल वर्षाले टेलिफोन सम्पर्क गर्न नसक्नु, बिजुली नहुँदा मोबाइल चार्ज गर्न नपाउनु, डुवान, पहिरो र बाढीले सहजै रुपमा घटनास्थलमा पुग्न नसक्नुजस्ता समस्या सुरक्षाकर्मीले पनि भोग्नु पर्‍यो । तैपनि उद्धार राहत कार्यमा सुरक्षाकर्मीहरू दिलो ज्यान दिएर लागेको पाइयो । 

प्रस्तुत छ  प्रतिनिधिमूलक तस्बिरमा उद्धारका कार्य : 






 तस्बिर : नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रासस