मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो।
नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ । त्रिवी मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।
नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ । त्रिवी मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।
कैलालीसँग जोडिएको नेपाल भारत सीमानाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ गते राति १२ बजेदेखि बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउनका लागि स्थानीय प्रशासनले तीन दिनसम्मका लागि नाका बन्द गराउन लागेको जनाइएको छ । मङ्सिर ४ गते राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । कैलालीमा नेपाल–भारत सीमानाका १०१ किलोमिटर रहेको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द रहने जोशीले बताउनुभयो ।
सिन्धुपाल्चोक –२ मा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट उम्मेदवार हुनु भएका पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र पूर्व कानु नमन्त्री एवं एमालेका शेर बहादुर तामाङ बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–८, लटाउली गाउँको खानेपानी समस्या, पुस्ताँैदेखिकै हो । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गसँगै जोडिएको लटाउलीगाउँ प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको पूर्वतर्फ छ । राजमार्गको तलतिर रहेको गाउँबाट अहिले स्थानीय सडक छेउछाउमा घर बनाएर बस्दै आएका छन् । गाउँ छोडेर स्थानीय सडक छेउछाउको जमिनमा बसोबास गर्दै आइरहे पनि खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । स्थानीयहरू उग्रतारा मन्दिरको धारामा आउने पानी, मन्दिरमुनि रहेको नाउला (कुवा)सहित छेउछाउका नाउला र डकले बजारको एक धाराकै भरमा स्थानीय छन् ।
कालीकोटमा रहेको सुनथराली विमानस्थल चुनावी एजेन्डा मात्रै बन्ने गरेको छ । सो विमानस्थल निर्वाचनका समयमा निकै चर्चामा आउने गरे पनि निर्वाचन सकिएपछि विस्तारै चर्चा सेलाउँदै जाने गर्छ । अहिले फेरि निर्वाचन आएको छ । उम्मेदवारहरूले उक्त विमानस्थल बनाउने चुनावी एजेन्डा आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । तीन दशकदेखि निर्माण कार्य थालिएको सुनथराली विमानस्थलको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् । मतदाता रिझाउन उम्मेदवारहरूले विकासका आश्वासन बाँडेर मत मागिरहेका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आम सभालगायतका चुनावी प्रचारप्रसारमा आफ्ना एजेन्डा लिएर घुमिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन सकेका छैनन् । भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिएका दल तथा राजनीतिक दलहरूले ल्याएका प्रतिबद्धतापत्रमा स्वास्थ्यका क्षेत्रका मुद्दालाई पनि समेटिएको छ ।
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र एमालेसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमाले–जसपाको गठबन्धन छैन । एमाले र जसपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का रघुवीर महासेठ, जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवलगायत आठ जना विभिन्न पार्टीबाट र २१ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
शारदा नदिको शंखमुलमा निर्माणाधीन पुल अलपत्र परेको छ । छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्ने गरी शारदा नदीमा पक्की पुल निर्माण गर्न थालेको ५ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । आधा पुलको काम भएको धेरै समय बिते पनि थप काम हुन सकेको छै ।
चितवन राष्ट्रिय निकुञ्जले यस वर्ष २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदानको व्यवस्थापन गर्ने भएको छ । यहाँ जनावरहरूलाई घाँसेमैदानको आवश्यकता परेकाले ५० हेक्टर क्षेत्रफलमा नयाँ र अन्य क्षेत्रमा व्यवस्थापनको काम गर्न निकुञ्जले लागेको हो । दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि घाँसेमैदान आवश्यक परेकाले छिट्टै व्यवस्थापनको काम गर्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
सरकारले विदेशी लगानीको सीमा दुई करोड रुपियाँ बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर लगानीको सीमा घटाएको हो। विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ निर्धारण गरिएको हो। साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा पाँच करोड पु-याएको सीमा घटाएर दुई करोड रुपियाँमा झारेको हो। नेपाल सरकार र गैरआवासीय नेपाली संयुक्त लगानीमा स्थापना हुने इन्भेस्टमेन्ट कम्पनीका हकमा भने यो सीमा लागू नहुने कम्पनीले जनाएको छ।
मुलुक यही मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका निम्ति हरेक तरहले लगभग तयारी अवस्थामा रहेको छ। आउने साताको पहिलो दिन नै देशभरि एकै चरणमा निर्वाचन हुँदैछ। यो आवधिक निर्वाचन लोकतान्त्रिक सुदृढीकरणको अभियान कोसेढुङ्गा हो। यसैबाट मुलुकले आगामी पाँच वर्षसम्मका लागि सुदृढ र सबल जनप्रतिनिधि पाउनेछ। विधायकले नै देशको कार्यकारी नेतृत्व निर्वाचित गर्नेछन्। यस निर्वाचनसँग मुलुकको भविष्य जोडिएको छ। त्यसैले निर्वाचनसँग प्रत्येक नागरिकको ठूलो अपेक्षा छ। निर्वाचित प्रतिनिधिप्रति भरोसा गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।
जनताको अभिमतको व्यवस्थापनबाट लोकतन्त्र सुदृढ बनाउन निर्वाचन गर्ने गरिन्छ र आसन्न निर्वाचन नजिकिँदै छ। जनताले पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि छान्न आतुर छन्। चुनावको माहोल मतदान गर्ने तयारीमा पुगेको छ। जनताको अपेक्षा र शासकीय प्रभावकारिता बीचमा सन्तुलन कायम गरी जीवनस्तर सुधार गर्न र लोकतन्त्रको लाभ लिन मतदाता मतदान गर्न प्रतीक्षारत छन्। मतदानको व्यवस्थापनका लागि तयारी अवस्थामा राज्य संयन्त्र सक्रिय रहेको छ। आमनिर्वाचनको तयारीको अन्तिम चरणमा रहेको बेला सबैले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने अपेक्षा गर्नु स्वाभाविक हो। चुनावको माहोल मतदान केन्द्रमा पुगेको अवस्थामा आममतदाताले आफ्नो अभिमतलाई निर्भीकता साथ मतदानबाट व्यक्त गरी शासन र सरकारको स्वरूप निर्धारण गर्ने आधार तय गर्नुपर्छ। जनताको सार्वभौम अधिकारको गोप्य मतदानबाट उपयोग गर्नु र गराउन सबैको सक्रियताको अपेक्षा गरिएको छ।