प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताउनुभएको छ ।
तनहुँ, कात्तिक २९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताउनुभएको छ। व्यास नगरपालिका-१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो, “निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्”, उहाँले भन्नुभयो। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ थियो। पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कहीँ कतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।” सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताउनुभयो। विकास गरी नमुना जिल्लाको रूपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताउनुभयो। रासस
कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।
काठमाडौं, कात्तिक २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो। उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो। त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताउनुभयो। निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा दुई वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ। ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधिसभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण सिवाकोटी, प्रदेशसभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ। उपन्यायाधीवक्ता वाग्लेले आचारसंहिता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताउनुभयो। त्यस्तै, सरकारी कर्मचारी राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरीतका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताउनुभयो। आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन्। जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि गठबन्धन गर्नु परेको बताउनुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्व फुटबल महासङ्घ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने तर, उहाँले दाबी नगरे आफू अघि सर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
दशरथ रङ्गशालामा बुधबार साँझ नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनु भएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।
अव्यवस्थित तारका कारण सहर कुरूप बन्दै गएपछि रुपन्देहीको मुख्य सहरी क्षेत्रमा रहेका ती तार व्यवस्थापन गरिने भएको छ।
जुम्लाको प्रतिनिधिसभाको निर्वाचनमा पाँचजनाकाे उम्मेदवारी परे पनि नेकपा (माओवादी केन्द्र) बाट बागी उम्मेदवार बनेका डा.कलबहादुर रोकायाको उम्मेदवारी निष्क्रिय गरेपछि चार जनाबीच प्रतिस्पर्धा हुनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ३३० जना को पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो।