• १३ असोज २०८१, आइतबार

पाकिस्तानी प्रधानमन्त्री कोरोना सङ्क्रमित

blog

इस्लामावाद, कात्तिक २९ गते । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित हुनु भएको छ ।

सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनु भएको छ  ।

मन्त्रीका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको  सल्लाहमा  निगरानीमा रहनु भएको छ ।

यसै बीच पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस/सिन्ह्वा