नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मङ्गलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।
सुन्तला पाक्न थालेपछि खरिद गर्नका लागि व्यापारीहरू बोटमै पुगेका छन् । पछिल्लो समय सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिँदै गएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाको सुन्तला खरिद गर्न व्यापारीहरू किसानको बगैँचामै पुगेका हुन् ।
संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौती सामनाका लागि ऐक्यबद्ध हुन अपिल गर्नुभएको छ ।
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको हो ।
नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो मार्फत स्थिर समयलाई स्पष्ट बनाउनु भएको छ ।
निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् ।
निर्वाचन आउन अव एक साता मात्र बाँकी छ । मत आफ्नो पक्षमा पार्न प्रतिस्पर्धामा उत्रिएका दलका नेता कार्यकर्ताहरू लामबद्ध भएका छन् ।
नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
सन् १९२५ देखि १९६२ सम्म चलचित्र निर्देशनमा लागेका विश्व सिनेमा जगत्का ध्रुव तारा जँ रेन्वाले युग अनुरूप प्रविधिको उपयोग गर्दै विविध विषयका चलचित्र बनाए र इतिहास रचे । सन् १९४१ देखि १९५१ सम्म अमेरिका बसेर पनि चलचित्र बनाए । अमेरिका बसाइका क्रममा रुमेर गोडेनको पुस्तक ‘द रिभर’मार्फत भारतसँग परिचित हुने मौका पाएका रेन्वाले त्यसैलाई चलचित्रमा उतारे पनि । सन् १९५१ मा बनेको ‘द रिभर’ रेन्वाको अन्तिम र एक मात्र उत्कृष्ट अमेरिकी चलचित्र थियो । रेन्वाको पहिलो रङ्गीन चलचित्र पनि ‘द रिभर’ नै हो । श्याम श्वेत चलचित्रका जादुगर रेन्वाको ‘द रिभर’लाई संसारमा बनेका अत्यन्तै उत्कृष्ट रङ्गीन चलचित्रहरूमध्ये पहिलो नम्बरमा राख्दा फरक पर्दैन । उनकै तेस्रो रङ्गीन चलचित्र ‘फ्रेन्च कानकान’ हेर्ने हो भने लाग्छ कि यी निर्देशकका पिता (पिएर ओगुस्त रेन्वा) आएर चलचित्र निर्देशन गर्ने काम गरे । जँ
बालपत्रिका ‘मुना’ को स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’ का लागि यस पटक हामीले काभ्रे जिल्ला, महेन्द्रज्योति गाविस (हाल : बनेपा नगरपालिका)मा जन्मनुभएका साहित्यकार अनन्त वाग्लेसँग प्रज्ञाकुञ्ज मावि बानेश्वरकी छात्रा वर्षा न्यौपानेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार अनन्त वाग्ले र वर्षा न्यौपानेबीचको रमाइलो संवाद :
नेपालभाषा एकेडेमीले १८औँ दान्यहिरा सिरपाः तीनवटा विधालाई वितरण गरेको छ। नेपालभाषा साहित्यमा योगदान पु-याएको भन्दै ‘दान्यहिरा जीवंकाछी सिरपाः’ मरणोपरान्त वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी ‘दान्यहिरा सङ्गीत सिरपाः’ सङ्गीतकार मनराजा नकःमि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ डा. केशरीलक्ष्मी मानन्धरलाई प्रदान गरियो।
लागूऔषधविरुद्धको अभियानमा निर्माण भएको चलचित्र ‘सरी मम’ शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। एनएफआई क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र मङ्सिर १५ मा प्रदर्शन हुने भएको छ। निर्माता विनोद लामाले चलचित्र एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बागमती प्रदेशमा मात्रै देखाइने बताउनुभयो। हलमा सार्वजनिक प्रदर्शनपश्चात् चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पु-याउने अभियान सुरु गर्ने उहाँले जानकारी दिनुभयो।