• १३ असोज २०८१, आइतबार

गुल्मीमा ७४ वर्षीया वृद्धाको शङ्कास्पद मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास, कात्तिक २९ गते । गुल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र  घरभित्र थापा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाले नाक र कानका लगाएको गहनाहरू पनि नभएकाले घटना रहस्यमय देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

थापा दुई दिन अगाडिदेखि गाउँमा हिँडडुल गरेको नदेखेको स्थानीयहरूले जनाएका छन् ।घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि खरेलकै नेतृत्वमा एक समिति गठन गरी अगाडि बढ्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतकको स्थलगत मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा गुल्मीमा ल्याइएको र पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाइने खरेलले बताउनुभयो ।