गाेरखापत्र अनलाइन
काठमाडाैँ, कात्तिक २९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहनुभएका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिनुभएको हो ।
चुनावी घरदैलोका क्रममा उहाँले विकासका लागि राजनीतिमा आएको बताउनुभयो । उद्योगपतिसमेत रहनुभएका काँग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताउनुभयो ।
उहाँले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरूले पनि यसपटक आफूलाई रुचाएको बताउनुभयो । काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको छ ।