• १३ असोज २०८१, आइतबार

२४ घण्टामा १४ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, कात्तिक २९ गते । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ३३०  जना को पीसीआर  र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २० जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ । 

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५९१ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ हजार २४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।