• १३ असोज २०८१, आइतबार

नेपाल र यूएईको दोस्रो खेल आज

blog

फाइल तस्बिर ।

काठमाडौं, कात्तिक ३० गते । नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ । त्रिवी मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ । 

उता यूएई लगातार दोस्रो जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो । नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने बाध्यता छ ।

नेपालका कप्तान रोहित पौडेलले पहिलो खेलमा कमजोर ब्याटिङका कारण हार खेपेपनि दोस्रो खेलबाट राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । नेपालले आज यूएईलाई हराएमा तीन खेलको सिरिज १–१ को बराबरी हुनेछ । दुई टोलीबीच सिरिजको अन्तिम खेल शुक्रबार हुनेछ ।