• १२ असोज २०८१, शनिबार

एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा बेपत्ता

blog

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला मावि एन्फा एकेडेमी ।

राममणि दाहाल

हेटौँडा, असोज १२ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माविमा पढ्ने एन्फा  एकेडेमीका ६ जना विद्यार्थी पहिरोले बगाएर बेपत्ता भएका छन् । 

शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले एकेडेमीमा बस्दै आएका विद्यार्थीलाई शनिबार बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले शनिबार बिहान को उक्त घटना भएको हो । 

वत्सला मावि एन्फा एकेडेमीका करिब ४० जना विद्यार्थी होस्टेलमा बस्ने गरेकोमा उनीहरूमध्ये हाल नाम थर नखुलेको ६ जना विद्यार्थी बसिरहेको होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो आई बेपत्ता भएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । 

उहाँकाअनुसार घटनाभएको खबर प्राप्त भए  प्रहरी घटनास्थलमा पुगेको पनि वर्षाको कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ । एकेडेमीका अन्य विद्यार्थी सकुशल रहेका छन् । 

विद्यार्थीहरूको उद्धार एवं खोजीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको टोली घटनास्थलमा गएको छ ।

घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब दुई दुई किमी पश्चिममा रहेको छ । प्रहरी निरीक्षक सापकोटाले बाढीले सिस्नेरी प्रहरी चौकीसमेत बाढीले बगाएको बताउनुभयो । 

कुलेखानी आयोजनाको जलाशय भरिएको र बाँधको दुई वटा ढोका खोलेको सूचनासँगै ती विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने क्रममा उक्त घटना भएको जनाइएको छ ।