• १३ असोज २०८१, आइतबार

मुर्गियामा नमुना मतदान

blog

पविता पौडेल 

सैनामैना, कात्तिक ३० गते । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया र कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयमा आज नमुना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावलाई लक्षित गरी सो नमुना मतदान सम्पन्न भएको हो ।

मुर्गियामा नमुना मतदान गर्दा ५५ मत खसेको थियो । ३ मत  बदर भयको थियो भने कञ्चनमा सबै मत सदर भएको थियो । जिल्ला निर्वाचन आयोग रुपन्देहीको आयोजनामा  कन्चन गाउँपालिका र सैनामैना नगरपालिका मुर्गियामा नमुना मतदान सम्पन्न भएको  हो ।

मतदातालाई मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने, कसरी पट्‌याउनेबारेमा सिकाइएको जिल्ला निर्वाचन आयोगका सूचना अधिकारी टेकराज पन्थीले जानकारी दिनुभयो ।

धेरै मत बदर हुने आशङ्का भएका कारण र सर्वसाधारणलाई मतदान गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले नमुना मतदान गरिएको नगरप्रमुख फडेन्द्र शर्माले जनकारी दिनुभयो । मत हाल्न प्रशिक्षण दिइएका कारण थोरै  मत मात्र  बदर भएको उहाँको भनाइ छ ।