• १३ असोज २०८१, आइतबार

पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान

blog

काठमाडौँ, मङ्सिर १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अङ्गदान को घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रिअस, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गर्नुभएको छ ।

मेरो मृत्यु पश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रिअस, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रिअस, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनाममा लेखि दिएको छु ।’’ भनी हस्ताक्षर गर्नुभएको छ । 

आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकोले  अङ्गदान को घोषणा गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।