• १३ साउन २०८१, आइतबार

बारामा एकाउन्न हजार मेट्रिक टन धान उत्पादन

blog

कलैया समाचारदाता 

बारा, मङ्सिर १ गते । बारा जिल्लामा यस वर्ष ५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन भएको छ। भदैया धान वैशाख, जेठ, असारमा रोपेर असार, साउन, भदौमा थन्क्याइन्छ। छिटो रोपिने र छिट्टै पाक्ने (९० दिनमा) भएकाले किसानले त्यसपछि अरू बाली धान (बासमती), मकै, तरकारी लगाउँछन्। 

यस जिल्लामा किसानले ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान खेती गरेको र प्रतिहेक्टर ४.३ मेट्रिक टनले उक्त परिमाणमा भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

गत वर्षको तुलनामा यो धान खेती गरिएको क्षेत्रफल र उत्पादनमा भने धेरै परिवर्तन भएको छैन।  यस जिल्लाको सबै क्षेत्रमा प्रायः भदैया धान खेती हुने गरेको छ। हाल उत्पादित भदैया धान बजारमा प्रतिक्विन्टल दुई हजार पाँच सय रुपियाँका दरले कुल एक अर्ब २७ करोड ९७ लाख ८७ हजार पाँच सय रुपियाँ बराबरको धान उत्पादन भएको ज्ञान केन्द्रका कृषि विज्ञ तथा बाली विकास अधिकृत राजनारायणप्रसाद साहले जानकारी दिनुभयो।