अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ ।
म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ ।
झण्डै दश वर्षअघि कारबाहीमा परी पार्टी सदस्यता गुमेपछि स्वतन्त्र रहँदै आउनुभएका नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । आफू स्वतन्त्र भएकाले गोप्य मतदान गर्ने अधिकार आफूमा रहे पनि काँग्रेसका हरेक तह र तप्कामा रहेकाहरुले गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं, मङ्सिर १ गते। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २५.५७ अङ्कले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अङ्कले बढेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
मङसिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि मतदान सामग्रीसहित मतदान अधिकृतसहित कर्मचारी मतदानस्थलतर्फ लागेका छन्।
निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मङ्सिर ७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धन दलले वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ ।
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा मुख्य दलबाट युवा नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रदेश सहसचिव ३६ वर्षका नन्दबहादुर साउँद उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गरेको हो।
कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमन भन्दा कात्तिक महिनाको पर्यटक संख्या दोब्बर भन्दा बढी छ । पर्यटकबाट भएको राजश्व आम्दानी समेत दोब्बर भन्दा बढी छ ।
व्यासमा चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलङ्गामै गर्ने गरी तयारी गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।