• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगको पत्रकार सम्मेलन

blog

निर्वाचन आयोगमा आयाेजित पत्रकार सम्मेलन

काठमाडौं, मङ्सिर १ गते। निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गरेको हो।

कान्तिपथस्थित बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेकुमार थपलियाले निर्वाचनको विषयमा जानकारी गराइरहनु भएको छ। 

आज मध्यराति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ। यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि निर्वाचन प्रचारप्रसार सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन।