स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ । दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन् ।
केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा भएको छ ।
मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ । शुक्रवार बिहानै देखि उपत्यकाका विभिन्न नाकाहरूबाट मतदाताहरू बाहिरिनेको भीड लागेको हो ।
वर्षा सुरु भएसँग बन्द गरिएको मेलम्चीको मुहानमा बुधवारबाट माटो र ढुङ्गा पन्छाउन सुरु गरिएको छ । यी काम सम्पन्न गर्न करिब दुई हप्ता लाग्ने बताइएको छ । हाल छ वटा एक्स्काभेटर र छ वटा टिपरले दैनिक रूपमा काम गर्दै आएको छ ।
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन् ।
संयूक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएई ब्याटिङमा उत्रिएको छ ।
नेपालले आज (शुक्रबार) संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:०० बजे सुरु हुने खेल नेपाल र यूएई दुवैलाई महत्वपूर्ण छ ।
गीतकार तारा अधिकारीद्वारा निर्देशित छोटो चलचित्र सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ। चलचित्रमा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा देखाइएको छ। चाडबाडको बेलामा विदेशिएको सन्तानको यादको पीडा परिवारले कसरी भोग्छ भन्ने कुरा चलचित्रमा छ।
गुल्मीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष १४ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको हो ।
नारी स्रष्टा समाज, प्रदेश–१ विराटनगरले विभिन्न विधाका साहित्यकारलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ। समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारत्रय तुलसीहरि कोइराला, भीष्म उप्रेती र विनोद नेपाललाई पुरस्कृत गरिएको हो। समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार कोइरालालाई मोहनलता विशिष्ट स्रष्टा सम्मान र १५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो। त्यसैगरी साहित्यकार उप्रेतीलाई कविराज स्रष्टा सम्मानसहित ११ हजार रुपियाँ नगद र विनोद नेपाललाई हेमलता स्रष्टा सम्मानसहित ११ हजार रुपियाँ नगद, नारी स्रष्टा पदक, सम्मानपत्र तथा दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो।
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’बाट किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । छ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले अहिले वार्षिक सात लाख रुपियाँ कमाउनुहुन्छ । उहाँले गत आर्थिक वर्ष ‘एक स्थानीय तह, एक कृषिबाली पकेट कार्यक्रम’को सहयोगमा तरकारी उत्पादनका लागि पक्की टनेल निर्माण गर्नुभएको हो । उक्त कार्यक्रमअन्तर्गत प्रदेश सरकारको ७० प्रतिशत, गाउँपालिका र कृषकको १५/१५ प्रतिशत लगानी गरिँदै आएको छ ।
यही मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै तयारीलाई तीव्र बनाइएको छ । निर्वाचनको पूर्वतयारीका लागि निर्वाचन कार्यालयले खटाएका कर्मचारीसँगै सुरक्षाकर्मीहरू बागमती प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलमा जाने क्रम सुरु भएको छ । निर्वाचनमा खटिएका कतिपय कर्मचारी र सुरक्षाकर्मीहरू निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् ।
लामो समयपछि मङ्सिर ४ गतेको प्रतीक्षा अब लामो समय रहेन। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मङ्सिर ४ गते हुने निर्वाचनका निम्ति ४८ घण्टाभन्दा कम समय रहेको छ। निर्वाचनका निम्ति अब मतदातालाई शान्त रही सही निर्णयमा पुग्ने अनुकूल समय यही अवधि हो। राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गएराति १२ बजेपछि बन्द गरिसकेका छन्। त्यसै गरी मतदाता मतदानका निम्ति व्यग्र प्रतीक्षामा रहेका छन्। पाँच वर्षको अवधिमा एक पटक प्राप्त हुने यो अवसरको सदुपयोग आममतदाताबाट विवेकसम्मत ढङ्गले हुने अपेक्षा गर्न सकिन्छ। तमाम राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना प्रचार यसअघि नै सम्पन्न गरिसकेकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मङ्सिर ४ गते पाँच वर्षको जनादेशका निम्ति फैसला गर्ने नै छन्।
देश प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रतिनिधि छनोट गर्ने प्रयोजनार्थ आमनिर्वाचनको सँघारमा छ। नागरिकले निर्वाचनपश्चात् असल जनप्रतिनिधि चयन होलान् र देशमा सुशासनको माध्यमबाट भ्रष्टाचार नियन्त्रणमा लिई देशको सर्वाङ्गीण विकासको गति अगाडि बढाउलान् भन्ने अपेक्षा राखेका छन्। राजनीतिक दलहरूले पनि आ–आफ्ना घोषणापत्रमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक पाइला चाल्ने बताएका छन्। मतदातको मानेविज्ञान भने अलि फरक छ। उनीहरू दल र राजनीतिक व्यक्ति वाचा र प्रतिज्ञा त गर्छन् तर कार्यान्वयनमा चुक्दै आएकाले भ्रष्टाचारमा कमी आउन सकेको छैन, बरु यसमा विस्तार र विकेन्द्रीकरण भएर स्थानीय तहसम्म यसको जालो फैलिएको बुझाइ राख्छन्।
शिक्षा आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सन्तुलित समतामूलक समाज निर्माणका लागि प्रमुख साधन हो। समाजमा रहेका विकृति विसङ्गति समूल अन्त्य गर्ने तथा वैज्ञानिक सोच र चिन्तनका जगमा विकासात्मक अवधारणा कार्यान्वयन गर्न पूर्वाधार निर्माण गर्ने काम शिक्षाले गर्छ। यसैले शिक्षालाई सामाजिक एकताको सूत्रका रूपमा समेत स्वीकार गर्ने गरिन्छ। संसारको सबैभन्दा राम्रो मानिएको फिनल्यान्डको शिक्षा नीतिलाई मार्गप्रदान गर्ने काम त्यहाँको राष्ट्रिय आवश्यकता सुहाउँदो शैक्षिक उद्देश्य र नीतिले गरेको थियो। सामाजिक विभेदको अन्त्य गर्दै समसत्ता कायम गर्ने उद्देश्यबाट शिक्षा नीति तय गरिएकाले नै फिनल्यान्ड शिक्षाका लागि विश्वमै उदाहरणीय राष्ट्र बन्न पुगेको छ।