निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका उहाँसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश :
बागलुङको ढोरपाटन नगरपालिका–६, अधिकारीचौरका मतदातालाई मत राख्न चार घण्टा पैदल यात्रा गर्नुपथ्र्याे । मतदान गर्न जाँदा लामो समय पैदल यात्रा गर्नुपर्ने हुँदा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन थियो । विगतका निर्वाचनमा चाहेर पनि मत राख्न जान नसकेका मतदाता यस पटक उत्साहित भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ अर्ब ७६ करोड रुपियाँको दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्म पाँच अर्ब तीन करोड रुपियाँ मृत्यु दाबी, १५ अर्ब २६ करोड रुपियाँ अवधि समाप्ती दाबी भुक्तानी र १८ अर्ब ५३ करोड अवधि भुक्तानी गरेको जनाइएको छ। यसका साथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
नेपाल विश्वको सानो मुलुक तर धर्म र कर्मले भरिपूर्ण छ। पर्यटकीय गन्तव्यका दृष्टिले प्रथम र अति रहस्यै रहस्यले भरिपूर्ण पनि। सम्पदा÷प्रडक्टले भरिपूर्ण भएर होला, नेपाल पर्यटन बोर्ड ‘न्याचुरल्ली नेपाल, वान्स इज नट इनोफ’ भन्ने शब्दले ब्रान्ड गर्छ। व्यवस्थापकीय कमजोरीका कारण हामी र हाम्रो पर्यटकीय गन्तव्य/प्रडक्टस् ओझेलमा र पहिचान र अन्वेषण एवं अध्ययन अनुसन्धान हुन बाँकी छन्। अन्यथा नेपाल ६० मिटर समुद्रको सतहबाट आठ हजार ८४८ मिटर उचाइ रहेको भूबनोटको मुलुक भएकाले विश्वमा अन्य मुलुकमा नभेटिने उचाइको अनुभव र वातावरणमा मानव क्रियाकलाप गर्न सकिन्छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पाँच वर्षपश्चात् २०७९ सालमा हुने आमनिर्वाचन हो। नेपाल सरकारले २०७९ को उक्त आमनिर्वाचन भोलि मङ्सिर ४ गते हुँदै छ। अहिले निर्वाचन आयोगका अनुसार एक करोड ८९ लाख ८८ हजार ५७० जना जम्मा मतदाता छन्। यसैका लागि लाखौँ कर्मचारी खटाइनु तथा हजारौँ मतदान स्थल कायम गरिएका छन्। दर्जनौँ राजनीतिक दल र अनेकन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। मतदाता रिझाउने कामसमेत सकिएको छ। थुप्रै नयाँ र केही पुराना अनुहार देशभरिको निर्वाचन क्षेत्रमा देखिन्छन्। अब शान्तिपूर्ण मतदान र योग्य तथा अनुभवी जनप्रतिनिधि चुनिएको हेर्ने अपेक्षा मात्र बाँकी छ।
फुटबल खेल खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च हो। त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको। विश्व कप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ। कलामिश्रित सपाट खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन।
नागरिकको भावना र चाहनाअनुसारको शासन व्यवस्था मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भोलि हुँदै छ। निर्वाचनसँगै पछिको नेपाली राजनीतिक परिवेश र राष्ट्रिय आकाङ्क्षाका विषयमा बहस बढेको छ। राष्ट्रिय सङ्कल्प पूरा हुने विषयमा आशा बढेका छन्। आमनागरिकमा निर्वाचनसँग जोडिएका चासो र सरोकार बढ्नु लोकतन्त्रका लागि सुखद हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थालाई तोकिएको क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभएको छ । निर्वाचनको निष्ठा र विश्वसनीयता कायम गर्न पर्यवेक्षणको पाटो महत्त्वपूर्ण रहने हुनाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शक रूपमा ग्रहण गर्ने बताउनुभयो ।
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा हुनुहुन्न । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुहुने भएको हो । त्यसमा कतिपय शीर्ष नेता पनि हुनुहुन्छ । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत गरेर ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उपत्यकामा ल्याउनका लागि आवश्यक तयारी सुरु गरिएको छ । यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुलहरू अस्थायी रूपमा निर्माण गरिएको छ । त्यसैगरी बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउन सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगी क्षतिबारे अध्ययन गरिरहनुभएको छ ।’’ त्यसैगरी आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात गरी उक्त रकम आर्जन गरेको हो। भारतीय मुद्रामा कारोबार हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपियाँ नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ।
आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेका बेला आमनिर्वाचनका दिन केही भूभागबाहेक अधिकांश स्थानको मौसम सफा रहने विभागले जनाएको छ।
आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा आलु रोप्ने समय भएको छ तर यति बेला जिल्लामा डीएपी र युरिया मलको आवश्यकताको अनुपातमा न्यून परिमाणमा मात्र रासायनिक मल भित्रिएको छ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबार मात्रै करिब डेढ लाख यात्रु बाहिरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाको दाबी छ। उहाँका अनुसार निर्वाचनका अवसरमा करिब ४० प्रतिशत यात्रु बढेका छन्।