धनकुटामा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आइतबार हुने मतदानका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रको मतदानस्थलको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
सप्तरीको दुईओटा मतदान केन्द्रको मतदान प्रक्रियाको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी तथा महिला सुरक्षाकर्मीलाई दिइएको छ।
शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ। भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप २०२२ को विषयमा कतारमा यसअघि आप्रवासी कामदारको विषयमा पश्चिमा मिडियाले उठाएको एकोहोरो आलोचना केवल ‘फन्डा’ मात्र भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ।
आइतबार हुने संघीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुने छ।
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने युवा उत्साहित देखिएका छन् । घोडाघोडी नगरपालिका –४ माघीका १८ वर्षीय सञ्जय चौधरीले आइतबार पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।
कतारमा आइबारदेखि सुरु हुने फिफा विश्वकपअघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्विया र इजिप्ट विजयी भएको छ । शुक्रबार राति भएको खेलमा सर्वियाले बहराइनलाई उसैको मैदानमा ५–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले बेल्जियमलाई २–१ गोलले हरायो । इजिप्ट विश्वकप छनोटबाट बाहिरिएको टोली हो ।
काठमाडौं, मङ्सिर ३ गते। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि देशभर मतदान केन्द्र बनाउने क्रम जारी छ। काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा मतदानको तयारी।तस्बिर : कविन अधिकारी
रुसको सुदूर पूर्वी साखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् ।
पाँचथर जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् ।
कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।