झापामा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको काम पूरा भएको बताइएको छ । सबै मतदानस्थलमा मतदान अधिकृतसहितको टोली पुगेर आफ्नो काम सुरु गरेका छन् ।
आइतबार हुन गइरहेको आम निर्वाचनका लागि बिहीबार रातिदेखि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकालाई बन्द गरिए पनि मतदानका लागि भारतबाट नेपाल फर्कनेहरूको सीमा नाकामा अझै भीड छ ।
धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।
डोटीका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो ।
सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहान्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्दे हुनुहुन्छ ।
झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको मतदानस्थल नजिकै अज्ञात समूहले बमजस्तो देखिने वस्तु राखेर आतङ्कित पारेको छ । खतरा लेखेर राखिएको उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाले शनिबार बिहान ७ बजे नष्ट गरेको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् ।
पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।
खोटाङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभएको छ। मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री लिएर बिहीबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ। यस्तै मतदान स्थलमा प्रवेशद्वार निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो।
त्रेता युगमा सीता र रामबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको हो ।
तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कुल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेछ । विद्युत् गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिनुभयो । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “आयोजनाले चौबीसै घण्टा निर्माण कार्यलाई अगाडि बढाएको छ ।” प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ ।
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि लिइएको भाषा परीक्षाको उत्पादनतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। दक्षिण कोरिया सरकार मानव संसाधन विभाग (एचआरडी)ले उत्पादनतर्फको दोस्रो चरणका लागि दिएको भाषा परीक्षाको नजिता शुक्रबार सार्वजनिक गरेको हो।
चर्को हवाई भाडा भए पनि यतिबेला हुम्ला भित्रिने यात्रुको सङ्ख्या भने वृद्धि भएको छ। मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मत खसाल्न घर आउने मतदाताका कारण जिल्लामा भित्रिने यात्रुको सङ्ख्या वृद्धि भएको हो।
भरतपुर महानगरपालिकाको दुई स्थानमा बम लेखिएको शङ्कास्पद वस्तु फेला परेको छ ।