• १३ असोज २०८१, आइतबार

सवारी दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन

blog

कपिल ज्ञवाली 

सिद्धार्थनगर, मङ्सिर ३ गते । पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।

शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा जानकीनगरमा कँडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु १ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिएको थियो ।

यी दुवै सवारी बुटवलबाट भैरहवातर्फ जाँदै थिए । रुपन्देही सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आउनुभएका ३५ वर्षीय कँडेल ग्लोबल आवाज डट कमका सम्पादक  हुनुहुन्थ्यो ।

ठक्कर दिने रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कँडेलका एक श्रीमती, सात वर्षीय एक छोरा र सात महिने एक छोरी छन् । पत्रकार महासङ्घलगायतका सङ्घसङै गठनले उहाँको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

उहाँको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।