• ७ जेठ २०८१, सोमबार

नेप्से परिसूचक २५.५७ अङ्कले वृद्धि

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर १ गते। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। 

बिहीबार नेप्से परिसूचक २५.५७ अङ्कले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अङ्कले बढेको छ। 

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। 

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य  र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र  सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ।