स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई ६५४ मतले पछि पार्नु भएको हो ।
प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो। प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गर्नुभएको छ ।
गहुँ छर्ने सिजनमा कैलालीका किसानले रासायनिक मल अभाव झेलिरहेका छन् । गहुँ छर्ने समय घर्किंदै जाँदा सहकारीले मल उपलब्ध गराउन नसक्दा किसानले मल अभाव झेलिरहेका हुन् । बेलैमा मल नपाउँदा उनीहरूलाई गहुँ छर्न समस्या भइरहेको छ । स्थानीय सहकारीमा कैयौँ दिन धाउँदा पनि मल नपाएको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन पहिले सहकारीमा मल आएको थियो तर मसँग रुपियाँ थिएन । धान बेचेर पैसा जोहो गरेँ । तर अहिले मल मिलेको छैन । अभाव छ ।”
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा गुल्मीमा सात हजारभन्दा बढी मत बदर भएका छन्। एउटा वडामा एक स्वयंसेविकामार्फत मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको हो।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस पहिलो हप्ता भित्र नयाँ सरकार बन्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मङ्सिर अन्तिम सम्म निर्वाचनको अन्तिम घोषणा भइसक्ने र साउन पहिलो सातामा नयाँ सरकार बन्ने जानकारी दिनुभयो ।
मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न व्यस्त छन्। प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख)मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुग्नुभएको छ। निर्वाचनअघि मत माग्न गाउँ पुग्नुभएका उहाँहरू निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुग्नुभएको हो। प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुग्नुभएको छ।
अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
मुलुकको अर्थतन्त्र आन्तरिक र बाह्य दुवै कारणले निकै दबाबमा परिरहेको छ । कोरोना (कोभिड–१९)बाट थलिएको नतङ्ग्रिँदै रुस युक्रेन युद्धपछि महँगीको चपेटामा परेको विश्व अर्थव्यवस्थाको दुष्प्रभावको बाछिटाबाट नेपाली अर्थतन्त्र छैन । अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधार्न सरकार, निजी उद्यमीलगायत सबैको सहकार्य तथा समन्वय निकै महत्त्वपूर्ण हुनेछ । अर्थतन्त्र सुधारका निम्ति सरकारले नियामक निकायका रूपमा नीतिगत सुधार गरेर, उद्यमी व्यवसायीले लगानी प्रवद्र्धन एवं रोजगारी सिर्जनामा योगदान दिनेलगायतका कार्य गर्न सके मुलुकको अर्थतन्त्र सही दिशामा डोरिने छ । त्यसका निम्ति अनेक चुनौती र अवरोध छन् ।
नेपाली पर्यटन यतिखेर आशा र निराशाको दोसाँधमा उभिएको छ । कोभिड –१९ को महामारीबाट विश्व पर्यटन अत्यन्त पीडादायी अवस्थामा पुगेको स्थितिमा नेपाली पर्यटनसमेत अछुतो रहन सकेन । २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण पीडित पर्यटन व्यवसाय छोटो अवधिमै कोरोना महामारीको अर्को पीडा सहन विवश भएको छ । कोभिड –१९ अघि सन् २०१९ मा हवाई र स्थल मार्गबाट कुल ११ लाख ९७ हजार १९१ पर्यटकलाई नेपालले आतिथ्य प्रदान गरेकोमा पर्यटक आगमन ओरालो लागेर सन् २०२० मा दुई लाख ३० हजार ०८५ तथा सन् २०२१ मा एक लाख ५० हजार ९६२ मा खुम्चिनु प¥
पाल्पामा दुई जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । बगनासकाली–३ मा पहिचान नखुलेको पुरुषको र रिब्दीकोट–१, मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
‘एक कदम अगाडि, दुई कदम पछाडि’ कम्युनिस्ट पार्टीको दर्शनभित्रको रणनीतिक योजनाको रूपमा रहेको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । निर्वाचनमा जानुअघिसम्म पानी बाराबारको स्थितिमा रहेका नेपालका कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई ‘आइस ब्रेक’ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएसंँगै मिलेर जान सकिने कुरामा सोच्नका लागि दिनुभएको समय अवसरका रूपमा लिन सकिन्छ । अहिलेसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा आउने स्थिति देखिएको छ ।
दुई दशकभन्दा बढी समय ओझेलमा पारिएका मलेसियाका वरिष्ठ विपक्षी नेता अनवर इब्राहिम देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि ठूलो दलको नेताका रूपमा उहाँलाई राजा सुल्तान अब्दुल्लाहले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । इब्राहिम र पूर्वप्रधानमन्त्री मुहिद्दिन यासिन दुवैका दलले चुनावमा बहुमत ल्याउन नसकेको अवस्थामा उहाँले कुन दलसँग सहकार्य गर्नु हुने होे अझै स्पष्ट भइसकेको छैन ।
पूर्वीचौकी गाउँपालिका ६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । ६५ वर्षीय जोशीको हृदयाघातका कारण निधन भएको हो ।