स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना राती ९ बजेबाट शुरु हुने भएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदबार हाजी इसराइल मंसुरी विजयी हुनुभएको छ । प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका मंसुरीले १४ हजार ३२८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अब्बास अन्सारीले १२ हजार १८५ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।
सुनसरीको तीन वटै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भए पनि निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि र प्रदेश सभा तर्फको मतगणना अझै जारी रहेको छ । तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि निरन्तर मतगणना जारी रहेको छ । आज राति ३ बजेसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनसक्ने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ ।
बैतडीमा एक किशोरी घाँटी काटिएको अवस्थामा मृत फेला परेकी छिन् । अर्का एक १५ वर्षीया बालिका घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
दोलखामा भोलि बिहीबार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
आफ्नो जन्मस्थानमा खुलेको समुदायद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले बताउनुभयो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश २ मा सबैभन्दा बढी प्रदेश सभातर्फ ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
झापा क्षेत्र ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधबार एकै दिन तीन वटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन पक्की पुलको शिलान्यास गर्नुभएको हो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभातर्फ ११ स्थानमा विजयी हासिल गरेको छ ।
दार्चुलाको व्यास गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ । व्यास गाउँपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार व्यास गाउँपालिका –४ सुन्सेरा साईँमा पाँच रोपनी जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरिएको कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडूले जानकारी दिनुभयो ।
रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरू संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तरबार नहुँदा पशुचाैपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरू तोडफोड भएर अलपत्र परेका हुन्।
दोलखाका केही स्थानमा बिहीबार हुने पुनः मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । मतदानका लागि कर्मचारी, मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान हुने ११ वटै केन्द्रमा पुगिसकेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।