• १३ असोज २०८१, आइतबार

कोटियामाईका हात्तीका मूर्ति अलपत्र

blog

पविता पौडेल

सैनामैना, मंसिर १४ गते । रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरू संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तरबार नहुँदा पशुचाैपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरू तोडफोड भएर अलपत्र परेका हुन्।

गतवर्ष मन्दिर संरक्षणका लागि १ लाख ५० हजार रुपियाँ बजेट आएको र उक्त रकमले मन्दिर नजिकै पौवा बनाउँदा सकिएको बताउँदै स्थानीय विष्णु ज्ञवाली भन्नुहुन्छ, 'मूर्तिहरू तोडफोड भए तरबार गर्नुपर्छ भनेर छलफल त हुन्छ तर केही हुन सकेको छैन ।' 

शताब्दीयौँ पुरानो सो मन्दिरमा मागेको कुरा पुग्छ भन्ने जनविश्वास रहँदै आएको छ । उक्त मन्दिरमा आफूले इच्छाइएको पूरा भएपछि हात्ती र घोडाको मूर्ति बगाइदिने प्रचलन रहेको स्थानीहरू बताउँछन् । त्यहाँ अहिले नयाँ पुराना गरेर दुई सय मूर्तिहरू छन् । स्थानीय ७५ वर्षीय कलाधर ज्ञवाली भन्नुहुन्छ, 'यस्ता बहुमूल्य वस्तुको संरक्षण हुनुपर्छ ।'

कोटियामाई व्यवस्थापन समितिका अध्यक्ष विष्णु चौधरीकाअनुसार एक लाख बजेटले तरबार गर्ने तयारी छ सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले मन्दिर संरक्षणको लागि बजेट छुट्याइएकाे बत्ताउनुभयो ।