नेपाली मिडियाका विषयवस्तु (कन्टेन्ट्स) मा अझै लैङ्गिकमैत्री हुन नसकेको सरोकारवाला संस्थाका प्रतिनिधिहरुले बताउनुभएको छ । तुलनात्मक सुधार आए पनि अझै त्यसमा सुधार हुन समय लाग्ने उहाँहरुको भनाइ छ ।
गगने वादी वीरेन्द्रनगर–११ को शान्तिपुरका बासिन्दा हुनुहुन्छ । ६२ वर्षीय उहाँ शारीरिक रूपमा अस्वस्थ हुँदा हिँड्डूल गर्न सक्नुुहुुन्न । ह्वीलचेयरको सहारामा यताउता गर्नुहुुन्छ । त्यो पनि मुस्किलले घर–आँगन वरिपरी मात्रै ।
भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।
राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुनेछ ।
तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म ३९९ मतले अग्रता कायम गर्नुभएको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ ।
पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सहनिर्देशक स्कट बिइल यस क्षेत्रको भ्रमणको सिलसिलामा दुई दिने बसाइका लागि हिजाे नेपाल आइपुग्नुभएको छ ।
विद्युत् प्रवाहमा गडबडी उत्पन्न भई यहाँको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ ।
पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।
विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्रांगणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ ।
यतिबेला ग्रमीण क्षेत्रका किसानहरु खेतबारीमा निकै व्यस्त देखिएका छन् । गुल्मीको ग्रामीण क्षेत्र मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङ्गका किसानहरु यतिबेला बारीमा कोदो काटेर स्यार्नमा निकै व्यस्त देखिएका हुन् । किसानहरु कोदो स्यार्नमा व्यस्त भएतापनि निकै चिन्तित देखिन्छन् ।
दाङको लमही नगरपालिकामा लगातारको आन्दोलनले स्थानीय सरकारबाट गर्नुपर्ने काम ठप्प भएका छन् । प्रमुख प्रशाकिय अधिकृतले कर्मचारी माथि विभेद गरेको र खटनपटनमा पूर्वाग्रही गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले नगरपालिकाबाट दिइने सेवा सुविधा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
झापामा निर्वाचनमा ५३ वटा राजनीतिक दल समानुपातिक निर्वाचनमा सहभागिता भएकोमा १६ वटा राजनीतिक दलहरु एक सय मतपनि नकटाएको पाईएको छ ।
पच्चीसवटा निबन्धहरूको सँगालो शब्दशिविर लिएर निबन्धकार मुकुन्दराज शर्मा देखा परेका छन् । प्रस्तुतिका दृष्टिले यस सङ्ग्रहका धेरैजसो निबन्धले संस्मरणको रूप धारण गरेको देखिन्छ । सामान्य विषयप्रसङ्गदेखि गहन चिन्तन गर्नुपर्ने सन्दर्भलाई निबन्धकारले यहाँ सङ्कलित कतिपय निबन्धमा उठाएका छन् । संस्मरणात्मक निबन्धमा निबन्धकारको इमानदार अभिव्यक्ति अपेक्षित हुन्छ । निबन्धकार शर्माले यहाँ आफ्नो निजत्वलाई सरल एवं स्पष्ट रूपमा अभिव्यक्त गर्ने प्रयास गरेको भेटिन्छ ।
प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधी सभातर्फका ६ जना र प्रदेश सभातर्फका आठ जनाको उम्मेदवारको धरौटी जफत भएको हो ।