• १२ असोज २०८१, शनिबार

सुनसरी –४ को मतगणनामा कार्कीको अग्रता

blog

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १४ गते । तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ । हालसम्म भएको २८ वडाको मतगणना हुदाँ ३९९ मतले अग्रता कायम गर्नुभएको हो । नेपाली कांग्रेसका उम्मेदबार  मन्त्री कार्कीले  रुखमा २६ हजार ७६० पाउनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २६ हजार ३६१ मतसहित पछ्याइरहनुभएको छ । 

मतगणनामा कर्मचारीले त्रुटि गरेको भन्दै आइतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गर्नुभएको थियो । त्यसपछि निवेदन निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कार्वाही गर्दै मतगणना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । ढिलो भए पनि हिजोबाट मतगणना निरन्तर जारी रहेको अधिकारीको भनाइ छ ।