• ७ पुस २०८१, आइतबार

सीमान्तकृत वादी समुदायलाई गुजारा चलाउन सकस

blog

वीरेन्द्रनगर–११ को शान्तिपुर झुुप्रा बस्तीकाे एउटा भेला । तस्वीर – रजनी योगी

रजनी योगी 

सुर्खेत, मङ्सिर १४ गते । गगने वादी वीरेन्द्रनगर–११ को शान्तिपुरका बासिन्दा हुनुहुन्छ । ६२ वर्षीय उहाँ शारीरिक रूपमा अस्वस्थ हुँदा हिँडडुल गर्न सक्नुुहुुन्न । ह्विलचेयरको सहारामा यताउता गर्नुहुुन्छ । त्यो पनि मुस्किलले घर–आँगन वरिपरि मात्रै ।

क्यान्सर रोगले बायाँ खुट्टा गुमाएका उहाँको हेरचाह नातीले गर्दै आएका छन् । शारीरिक रूपमा अशक्त उहाँले राज्यबाट नागरिकता बाहेक अरु कुनै सुविधा पाउनुुभएको छैन । झुप्रा खोला र भेरी नदीको दोभान नजिकको किनारमा अव्यवस्थित बसाइ छ । चिसो सिरेटोले बिहान साँझ जिउ नै कपाउँछ । 

सोही समुुदायकी ५७ वर्षीया पम्फा वादी एकल महिला हुुनुुहुुन्छ । उहाँको सहारा छोरी हुुनुुहुुन्थ्यो । उहाँ पनि अहिले बिहे गरेर पराई घर गइसक्नुुभयो । एक्ली पम्फाले ज्याला मजदुरी गरेर जसोतसो बिहान बेलुकाको छाक टार्दै आउनुुभएको छ ।

उहाँ भन्नुुहुुन्छ, ‘मजदुरीको काम पाएका दिन चुल्हो बल्छ, नभए भोकै बस्नुपर्छ ।’ खोलाबाट निकालेको गिटी वालुुवा बेचेर गर्जो टार्ने पम्फा अहिले त्यही काम पनि गर्न नपाउँदा खर्च जुटाउनै हम्मेहम्मे परेको बताउनुुहुुन्छ । 

२३ वर्षीया गीता वादी शान्तिपुरकै बासिन्दा हुनुुहुुन्छ । उहाँले बस्तीमा सरकारले आधारभूत सेवा सुविधा पु¥याउन नसकेको बताउनुुभयो । बादी समुदायको बाहुल्य रहेको यस ठाउँमा खानेपानी, बिजुली, विद्यालय र सडक पूर्वाधारजस्ता आधारभूत सेवा पनि छैनन् । 

गरिबी र विपन्नताले पिरोलेको शान्तिपुरमा राज्यको उपस्थिति निकै फितलो देखिन्छ । माध्यमिक तहसम्मको पढाइ हुने विद्यालय नजिकै नहुँदा अधिकांश बालबालिकाले बीचमै पढाइ छोड्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुुभयो ।

शान्तिपुरका दीपक वादी २५ वर्षका हुनुुभयो । उहाँले परिवारको आर्थिक अवस्था नाजुक र घर नजिकै विद्यालय नभएका कारण माध्यमिक तहसम्मको शिक्षा पनि पूरा गर्न पाउनुुभएन ।

‘उच्च शिक्षा हासिल गर्ने रहर थियो, विद्यालय पनि टाढा भयो,’ उहाँले भन्नुुभयो, ‘घर खर्च चलाउन पनि कलिलै उमेरमा भारतमा मजदुरी गर्न जानुुपर्ने बाध्यता आइलाग्यो ।’ उहाँ झन्डै एक दशकदेखि रोजगारी गर्न भारत आउजाउ गरिरहनुुभएको छ । 

वीरेन्द्रनगर–११मा रहेको वादी समुदायको बस्ती शान्तिपुरका यी केही प्रतिनिधिमूलक पात्र हुन् । उक्त बस्तीमा घरैपिच्छे अभाव र समस्याका चाङ छन् । प्रदेश राजधानीकै नगरभित्रको वडामा पर्ने शान्तिपुर चरम विपन्नताले थिचिएको छ । यहाँका बासिन्दालाई गुजारा चलाउन सकस छ । चेतनाको अभावले राज्यका निकायसँग आफ्ना माग राख्ने सामूहिक संयन्त्रसमेत नरहेको समुदायका अगुवा हरि वादी बताउनुुहुुन्छ । 

उहाँका अनुसार उक्त बस्ती २०४२ सालदेखि बसेको हो । एक सय ५० घरधुुरी रहेको बस्तीमा जग्गाधनी पुर्जा कसैसँग छैन । ऐलानी जग्गामा बस्दै आएका उनीहरूको मुख्य समस्या लालपुर्जा हो । उसो त यो समुदायले लालपुर्जाका लागि पटक–पटक आश्वासन पाएको छ । समुदायको मुख्य पेसा नदीबाट गिटी बालुवा निकालेर बेच्ने हो । विगत चार महिनादेखि उक्त काम पनि रोकिएको छ । गएको असारदेखि स्थानीय सरकारले नदीजन्य पदार्थको उत्खननमा कडाइ गरेपछि शान्तिपुरवासीको कमाउने मेसो बन्द भएको छ ।