एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो । सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको छ । प्राधिकरणले ए
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित हुनुभएको छ। त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुनुहुन्छ । महासेठ पनि धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।
नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।
अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ । किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ । सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले पेन्सनपट्टा बनाउनका लागि दुर्गम जिल्लादेखि तीन/चार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बताउनुभयो ।
एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका नयाँ घर निर्माण भएका हुन्। बासविहीन बनेको छ महिनापछि नयाँ घरमा बस्न पाउँदा पहिरोपीडितलाई राहत मिलेको छ।
नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरित भएको बताएको छ। यो विषय प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने भन्दै यसलाई त्यसैगरी हेर्न आग्रहसमेत गरेको छ।
काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। तस्बिर : सुजन गुरुङ्ग
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बधाइ साटासाट गर्नुभएको छ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा प्रदेश सभा सदस्यका उम्मेदबार नेकपा एमालेका रोहित कार्की विजयी हुनुभएको छ । उहाँले १८ हजार ६४१ मतसहित विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ३० वर्षपछि नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
बेलायतमा बस्ने काभ्रेलीहरूको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ ।