मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधि गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन व्यस्त देखिनुभएको छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवादसँगै बधाई दिन व्यस्त हुनुहुन्छ।
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २६ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझसम्मको गणनामा एमालेले २६ लाख ५१ हजार ६७२ मत पाएको हो।
शनिबार दिउँसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य तीन दिनपछि सुरु भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत पाएको छ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामहरि खतिवडालाई ४० किलोको माला लगाएर मतदाताले सम्मान गरेका छन्। चम्पादेवी गाउँपालिका-४ का स्थानीयले ४० किलोको फूलको माला लगाएर सम्मान गरेका हुन्।
ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो स्थान देम्बाडाँडामा गल्फ खेलको परीक्षण गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेल परीक्षण गरिएको हो ।
अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताउनु भयो ।
दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार ४७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ ।
विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । तर, सबै खेलाडीले चाहेर पनि विश्वकप खेल्न पाउँदैनन् । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा दुई सय ११ देशबाट प्रतक्ष छनोट भएर आएका ३२ टोलीका आठ सय ३१ खेलाडीले मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
बाजुराको मतगणनाको काम निर्वाचन आयोगको निर्णयपछि मात्र हुने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका झण्डै ७० वटा मतादानस्थल तथा ११२ वटा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको भए पनि मतगणनाको काम अझै हुन सकेको छैन।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ । राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा यहाँ आउँदै हुनुहुन्छ ।
अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।
राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्वासीहरूको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ ।
विजयी भएपछि नेताहरूले कालीकोटका मतदातालाई धन्यवाद दिएका छन्।
सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मतले चयन हुनुभएको छ ।