• १२ असोज २०८१, शनिबार

रामहरि खतिवडालाई ४० किलोको माला

blog

निर्वाचित जनप्रतिनिधिलाई ४० किलोको मालाले सम्मान गर्दैै स्थानीय । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर १३ गते। प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामहरि खतिवडालाई ४० किलोको माला लगाएर मतदाताले सम्मान गरेका छन्। चम्पादेवी गाउँपालिका-४ का स्थानीयले ४० किलोको फूलको माला लगाएर सम्मान गरेका हुन्।

ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खतिवडासँगै प्रदेश सभा (ख) बाट निर्वाचित बाबुराम गौतमलाई स्थानीयले सम्मान गरेका हुन्। 

खतिवडा विजयी भएपछि मतदातालाई धन्यवाद दिन पालिका तथा गाउँगाउँ पुग्नुभएको छ। ओखलढुङ्गा जिल्लाको विकासलाई पहिलो प्राथकिमतामा राखेर आफूले काम गर्ने खतिवडाले बताउनुभएको छ। पाँच वर्षमा विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक तथा जिल्लाका नागरिकको आवश्यकताका विषयमा प्राथकिताका साथ काम गर्ने उहाँको भनाइ छ।

लामो समयदेखि रोकिएको लिखु, दुधकोशी र मोलुङ एकवारको कामलाई अगाडि बढाउँदै जिल्लामा गौरवको योजना ल्याउन पहल गर्ने प्रतिबद्धता खतिवडाले जनाउनुभएको छ। 

ओखलढुङ्गामा खतिवडा नेकपा (एमाले) का यज्ञराज सुनुवारलाई छ हजार आठ सय बढी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।