ट्राफिक प्रहरीले २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिता मङ्सिर २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चान हुने प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाल जुटेको आयोजक अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताउनुभयो ।
सहरी विकास मन्त्री मेटमणी चौधरीले विद्यार्थीलाई जीवनोपयोगी बनाउने गरी शिक्षा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् ।
थापाथलीका सुकुम्वासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ ।
प्रदेश–१ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले मधेश प्रदेशलाई १० विकेटले हरायो ।
धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचन जित्दामात्र होइन हार्दा समेत मतदाताको घरदैलोमा पुगेर मतदान गर्नेहरूप्रति आभार प्रकट गरिरहनु भएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १५० वटा स्टल रहनेछन् ।
कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर बम विजयी हुनुभएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ । नेपालगन्जको बालेगाउँमा मंगलबारदेखि शुरु भएको महासंघको सो राष्ट्रिय महाधिवेशनको तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गर्नुभयो ।
हिजो निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएकोमा आज बिहान सदरमुकाम इनरुवामा सर्वदलीय बैठक बसेको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारले निर्वाचनको अवधिमा भएका खर्चको विवरण पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।