• १३ असोज २०८१, आइतबार

बाढीले बगायो ग्यास बुलेट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । ललितपुरको बालकुमारीस्थित श्री भ्याली अटो ग्यास प्रालिमा रहेको ग्यास बुलेट बाढीले बगाएको छ । शनिबार आएको अविरल वर्षाका कारण बाढीले ग्यास बुलेट बगाएको हो । बुलेटमा रहेको ग्यास चुहिएर सकिएकाले मानवीय क्षति नभएको नेपाल आयल निगमले जनाएको छ । 

अटोरिक्सामा भर्नका लागि बुलेटमा ग्यास भरिएको थियो । श्री भ्याली अटो ग्यास प्रालिका सञ्चालक हरि शर्माले बुलेटमा करिब आठ टन ग्यास रहेको जानकारी दिनुभयो । बुलेट बगाएका कारण १० देखि १५ लाख रुपियाँ बराबरको क्षति भएको बताउँदै उहाँले बुलेटभित्र रहेको ग्यासको क्षति भएको र अन्य कति क्षति भयो भन्ने यकिन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यसैबिच अन्य ग्यास उद्योगमा भने बाढीपहिरोका कारण क्षति नभएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । ग्यास सिलिन्डर भने बगाएको थियो । ग्यास गाडीबाट बगायो वा प्लान्टबाट बगायो र कति क्षति भएको भन्ने जानकारी लिन बाँकी रहेको सङ्घले जनाएको छ ।