• १३ असोज २०८१, आइतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १३ गते । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ भगवतीस्थानस्थित सडकमा बा.९ च. ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भएर हाल काठमाडौं कपन बस्ने २६ वर्षीय रवि घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ ।

टोखा नगरपालिका–६ ग्रिनल्याण्ड हरियाली बस्ती नजिक सडकमा बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कँडेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । सवारी साधन र कार चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।